Story
एक दुई दिनको एकान्त
c बिहानै उठेर बालक जान्छु। त्यो पहिलो घामको किरण पृथ्वीमा स्पर्श भएको हेर्न।
अस्ति सोमबार त बिहान साढे चारमै इन्द्रेणी लागेको थियो। फोटो खिचेको तपाईँलाई पठाउँ कि जस्तो लाग्यो, तर पठाइनँ। फोनको data कुनै बेला मात्र on गर्छु। तपाईँलाई लेखूँ जस्तो लाग्छ, फेरि लेख्दिनँ। हुन्छ नि त्यो state of limbo। हामीले discuss गरेका थियौँ त नि अस्ति?
पारि बादल कुदिरहन्छ। अस्ति धम्बुआले पनि, “यो बादल कहाँ गएको होला?” भनेर सोधिरहनुभएको थियो।
त्यो अस्ति मैले भनेको थिएँ नि, हाम्रो घरअघाडि कागले गुँड लगाएको छ भनेर। मलाई त्यसका बच्चाहरू उडेको हेर्न मन परिसक्यो। मैले सोचेको भन्दा धेरै trust गर्ने रहेछ। म बसेकै बरन्डामा आएर डुलिरहन्छ।
दिनभरि पानी परिरहन्छ। कुनै बेला camera लिएर video clipping लिन्छु, त कुनै बेला त्यसै हेरेर बसिरहन्छु—तारमा अड्किएका पानीका थोपाहरू कुदेर फुस्स झरेको। झर्दाझर्दै कहाँ हराउँछन्, हराउँछन्।
अनि पनि, पानी रोकेपछि मेरो घरअघिको घरको terrace मा भँगेराहरू भुतभुते खेलिरहेका हुन्छन्।
यस्तै चलिरहेको छ।
के सोचिरहेको हुन्छु, चिसो हावाले थ्याप्प–थ्याप्प थप्पड हानेर जान्छ। झसङ्ग हुन्छु अनि।
